सदस्यलाई वित्तिय जानकारी

सदस्यलाई आर्थिक जानकारी

३१ औं बार्षिक साधारण सभा प्रतिवेदन छपाई सम्बन्धि सूचना ।

मासिक बित्तिय बिबरण

३१ औं बार्षिक साधारण सभा सम्बन्धि सूचना ।

सदस्यलाई आर्थिक जानकारी

३१ औं बार्षिक साधारण सभा प्रतिवेदन छपाई सम्बन्धि सूचना ।

मासिक बित्तिय बिबरण

३१ औं बार्षिक साधारण सभा सम्बन्धि सूचना ।

-->

हाम्रो बारे

२०५० साल भाद्र ७ गते स्थापना भई २०५० साल मंसीर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दर्ता भएको संस्था हो । दर्ताको अवस्थामा यस संस्थामा २५ जना शेयर सदस्यहरु हुनुहुन्थ्यो । यस संस्था सुरु गर्दाको सुरुवाती पूँजी ५६०० अक्षरुपी पाँच हजार छ सय रुपैया रहेको थियो । यस संस्थाको कार्यक्षेत्र स्थापना कालमा दोलखा जिल्लाको तत्कालिन चरिकोट गाउँ बिकास समिति मात्र सिमित थियो भने २०५४ साल बाट भीमेश्वर नगरपालीका २०७० सालमा भीमेश्वर नगरपालीका लगायत वरिपरिका तत्कालिन ९ वटा गाउँ बिकास समिति थप गरीएको थियो । यसै गरी २०७७ साल बाट संस्थाको कार्यक्षेत्र दोलखा जिल्ला भरी भयो भने एकीकरणको माध्याम बाट २०७९ सालमा संस्थाको कार्यक्षेत्र दोलखा, सिन्धुपाल्चोक र काठमाण्डौ जिल्ला भित्र कायम भएको छ । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहितको सेवा प्रवाह गरीरहेको छ । हाल यस संस्थाको दोलखा र काठमाण्डौमा गरी ११ वटा स्वीकृत सेवाकेन्द्रहरु सञ्चालनमा रहेका छन् । संस्थामा हाल बालबचतकर्ता समेत गरी ३४,३३४ जना बचतकर्ताहरु हुनुहुन्छ । हाल संस्थाको कुल वासलात रु. १ अर्ब २६ करोड १५ लाख ५ हजार ४१७ रहेको छ ।
यो संस्था एशियाली ऋण महासंघ द्धारा प्रतिपादित तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्धारा सञ्चालीत एक्सेस कार्यक्रममा सहभागि छ र यसले सिल्भर ब्राण्ड समेत प्राप्त गर्न सफल भईसकेको छ । यस संस्थाले आन्तरीक राजश्व कार्यालय बाट ३ पटक उत्कृष्ट करदाता सम्मान पाउँन सफल भईसकेको छ । यो संस्था राष्ट्रिय सहकारी बैंक लि. बाट २०६९ सालमा मध्यमाञ्चलन उत्कृष्ट, २०७१ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बाट नेपाल उत्कृष्ट, २०७६ सालमा नेफ्स्कून बाटै एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कून बाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ सालमा नेपाल उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता प्रशंसा तथा सम्मान प्राप्त गर्न सफल भएको छ ।
संस्थाले प्रविधियुक्त सेवा अन्तर्गत एटिएम, मोवाईल बैंकीङ्ग, क्युआर कोड जस्ता सेवाहरु प्रवाह गरीरहेको छ । संस्थाको दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. ६ बिच बजारमा मुख्य कार्यालय तथा बिभिन्न स्थानहरुमा सेवाकेन्द्र सञ्चालन गर्दै आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरीरहेको छ ।
संस्थालाई प्रभावकारी तथा सुशासनमा सञ्चालन गर्नको लागि आवद्ध छाता संघहरुले सञ्चालन गरेको स्तरीकरण तथा स्थिरिकरण कोष कार्यक्रममा सहभागि भएको छ । संस्थाको सुशासनको तह मापन गर्नको लागि अकुले प्रतिपादन गरेको सियुलेग लागु गरेको छ । पल्र्स मोनिटरीङ्ग प्रणालीलाई अवलम्बन गर्दै अगाडि बढीरहेको छ । संस्थालाई स्वस्फुर्त सञ्चालन गर्नको लागि बाणिज्य बैंकहरुले अवलम्बन गर्ने वासेल ३ लाई समेत प्रयोग गरी अगाडि बढ्नको लागि तयारी गरीरहेको छ । संस्था सञ्चालन गर्नको लागि सञ्चालक समितिको दक्षता कायम गर्नु पर्दछ भन्ने मान्यता राखी भावि सञ्चालक समितिमा जान ईच्छुक सम्पुर्ण शेयर सदस्यहरुलाई नेतृत्व पुर्व तालीमको ब्यवस्था गरी संस्था अगाडि बढीरहेको छ ।
धन्यवाद ।।

 

 

कृष्ण बहादुर गौतम

समाजमा ब्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरि संकलीत बचतलाई सदस्यहरु भित्रै परिचालन गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरको प्रवद्र्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउने उदेश्यले बिभिन्न २५ जना ब्यक्तिहरु मिलि यस संस्थाको स्थापना २०५० साल भाद्र ७ गते भएको हो । यसको स्थापनाकालमा चरिकोट गाँउ बिकास समिति मात्र कार्यक्षेत्र थियो। पछि २०५४ सालमा चरिकोट, दोलखा, माटी र मकैबारी गाँउ बिकास समिति मिलि भीमेश्वर नगरपालीकाको स्थापना...

ईश्वर न्यौपाने

ब्यबस्थापकको प्रतिबद्धता ः सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड, सहकारी बिभागले बेला बेलामा जारी गरेको निर्देशन, संस्थाको बिनियम र नीतिको परिधि भीत्र रहि संस्थाले लिएको परिकल्पना पुरा गर्नको लागि सदस्यहरुको सेवामा समर्पित रहि सन्तुष्ट बनाएर उहाँहरुको सकरात्मक सल्लाह र रचनात्मक सुझाव को अपेक्षा राखेका छौ। परिवर्तीत समयको माग अनुसार सदस्यहरुको चाहनामा हुने परिवर्तन लाई मध्येनजर गर्दै समय सापेक्ष ब्यबस्थापनलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरुको बृत्ति र बिकासको लागि बार्षिक रुपमा कार्यक्रम राख्द...

हाम्रा सेवाहरु

  • Emi Calculator

    Loan Amount

    The value entered must be a number that is greater than or equal to 0 and less than or equal to 50000000.

    Interest Rate

    The value entered must be a number that is greater than or equal to 8 and less than or equal to 15.
    p.a.

    Loan Term

    The value between 1 to 30 Years.
    Years
    Monthly EMI:
    Rs. 28,752.16

    Principal :
    Rs. 0

    Interest Payable :
    Rs. 0

    Total Amount Payable :
    Rs. 0