आवद्ध सदस्यहरु सहभागि भई चालु आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट लगाएत कार्यको समिक्षा र आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट माथि छलफल गरी आवश्यक संशोधन सहित पारीत गर्न गरीने सभानै साधारण सभा हो । यस्तो सभामा संस्थाको शेयर सदस्यहरुको सक्रिय सहभागिता आवश्यक पर्दछ । संस्थाको गतिविधिको बारेमा जिज्ञासा राखी संस्थालाइ सही मार्गमा हिडाउन संस्थाको शेयर सदस्यको महत्वपुर्ण भूमिका हुनुपर्दछ ।

 

सञ्चालक समिति न्यूनतम ५ देखी अधिकतम ९ जना सम्म मात्र बस्न मिल्ने छ । संस्थाको आवश्यकता अनुसार सञ्चालक समितिको योग्यता तोक्न मिल्ने छ ।

सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा उम्मेदवार हुनको लागि संस्थामा आवद्ध शेयर सदस्यहरु योग्य भईसकेको हो वा हैन भनी गरीने परिक्षण फिट एण्ड प्रपर टेष्ट हो । यस अन्तर्गत देहायको परिक्षण गरिन्छ ः
राज्यको सहकारी ऐन, नियमावली, निर्देशन तथा मापदण्ड संस्थाको विनियम तथा निर्वाचन नियमावली बमोजिम उम्मेदवार हुन ईच्छुकको योग्यता परिक्षण गरी उपयुक्त उम्मेदवार हो वा हैन स्वमहसुस गराईन्छ ।
संस्थाको आवश्यकता अनुसार उम्मेदवार बन्न लागेको शेयर सदस्यको क्षमता, दक्षता लगाएतको बिषयमा स्वमहसुस गराईन्छ ।
माथि उल्लेखित बिषयहरुमा उपयुक्त देखीए मात्र उम्मेदवार बन्न हौसला प्रदान गरीन्छ ।

संस्थाको शेयर सदस्यहरुलाई संस्थाको नेतृत्वमा जानको लागि पूर्व तयारी स्वरुप गराईने तालीम नेतृत्व पुर्व तालीम हो । संस्थाले आईसीएको अवधारणलाई आधार मान्दै २०६८ साल देखी संस्थाको भावि नेतृत्वमा जान चाहने फिट एण्ड प्रपर टेष्टमा उचित देखीन सक्ने शेयर सदस्यहरुलाई बार्षिक रुपमा आवेदन माग गरी यो तालीम प्रदान गर्दे आएको छ ।