
जनकपुर अञ्चल दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. १० मा अवस्थित यस मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट गाँउ विकास समिति कार्यक्षेत्र लिई २०५० साल भाद्र ७ गते स्थापना भई जिल्ला सहकारी कार्यालय धुलीखेलमा २०५० मंसिर २ गते ८३ नम्बरमा दर्ता भएको हो। समाजमा व्याप्त गरिवि, अशिक्षा र कुलतबाट समूदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरि संकलित बचतलाई सदस्यहरु भित्रै परिचालित गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रवद्र्धन गर्नु का साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउनु यस संस्था स्थापनाको उदेश्य रहेको थियो। हाल यस संस्थाको कार्यक्षेत्र भीमेश्वर नगरपालीका लगायत वरिपरिका नौ वटा गाँउ बिकास समितिहरु ( बोच, मागापौवा, काटाकुटी, फस्कु, नाम्दु, क्षेत्रपा, सुनखानी, सुन्द्रावती र सुष्पाक्षेमावती ) पर्दछन्।