ईश्वर न्यौपाने

ब्यबस्थापकको प्रतिबद्धता ः सहकारी ऐन, नियमावली, सहकारी मापदण्ड, सहकारी बिभागले बेला बेलामा जारी गरेको निर्देशन, संस्थाको बिनियम र नीतिको परिधि भीत्र रहि संस्थाले लिएको परिकल्पना पुरा गर्नको लागि सदस्यहरुको सेवामा समर्पित रहि सन्तुष्ट बनाएर उहाँहरुको सकरात्मक सल्लाह र रचनात्मक सुझाव को अपेक्षा राखेका छौ। परिवर्तीत समयको माग अनुसार सदस्यहरुको चाहनामा हुने परिवर्तन लाई मध्येनजर गर्दै समय सापेक्ष ब्यबस्थापनलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरुको बृत्ति र बिकासको लागि बार्षिक रुपमा कार्यक्रम राख्दै अगाडि बढीनेछ। सदस्यज्यूहरुको रुचि र चाहनालाई ख्याल गर्दै उत्कृष्ट सेवा दिने उदेश्यले सदस्य हेरचाह निर्देशिका तयार पारि लागु गरीएको छ र यसलाई समय सापेक्ष शंसोधन सहित निरन्तरता दिईनेछ। सदस्यलाई छिटो र छरितो सेवा दिनको लागि देश बिदेशमा उपलब्ध बिभिन्न प्रबिधिहरुलाई भिœयाएर अगाडि बढीनेछ। संस्थामा पूर्ण रुपमा शुसासन कायम गरीनुको साथै सूचनाको हक सम्बन्धि ऐनलाई आत्मसाथ गर्दै पारदर्सिता कायम गरीएको छ। सदस्यहरुको ब्यक्तिगत बिबरणलाई गोपनिएता प्रति सजगभई सोहि अनुसार ब्यबस्थित गर्न हामी सजग छौ। प्रतिस्पर्धात्मक बित्तिय बजारमा भएका सदस्यहरुको आवश्यकतालाई बुझेर सधै छिटो छरितो र सहज सेवा उपलब्ध गराउदै सदस्य ज्यूहरुलाई संस्थाले दिएको सेवामा आफ्नो पहुच बढाउनको लागि मिलिजुली साकोसको ब्यबस्थापन पक्ष हार्दिक अनुरोध गर्दै यहाँहरुको सेवामा सदैव समर्पित हुने कुराको प्रतिबद्धता जाहेर गर्दछौ।