कोख देखी सोकसम्म मिलिजुली भन्ने नाराका साथ संस्थाले समुदायसँग मिलिजुली कार्यक्रम अन्तर्गत आज भीमेश्वर न.पा. वडा नम्बर दुइको स्वास्थ्य कार्यालय सँगको सहकार्यमा उक्त वडाको समुदायमा बसोवास गर्ने गर्भवती महिलाहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवासुविधाको बारेमा जानकारी गराई उठेका जिज्ञासाहरु मेटाउने कार्य भएको थियो । संस्थामा आवद्ध महिला शेयर सदस्यहरु गर्भवती भई शिसुको जन्म दिएपछि उक्त शिसुलाई संस्थामा बालबचतकर्ता बनाई खातामा एकहजार रकम जम्मा गरीदिएर बचत गर्ने बानीको बिकास गराउदै आएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय सँग सहकार्य गर्दै सहभागि गर्भवती महिलाहरुलाई आफ्नो स्वास्थ्यमा पुर्ण होसीयार हुन अनुरोध गर्दै आयोडिनयूक्त नून सहित पोषणयूक्त खानेकुराहरु बितरण गरीएको थियो । कार्यक्रममा पच्चीस जना गर्भवती महिलाहरुको उपस्थिति थियो । उक्त कार्यक्रम वडाअध्यक्ष स्टालीन श्रेष्ठको अध्यक्षता र स्वास्थ्य कार्यालयका अधिकृत सानुकाजि थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा संस्थाको तर्फबाट सञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक रुद्रजंग बुढाथोकी र सहायक ब्यवस्थापक रमेश सापकोटाको उपस्थिति रहेको थियो ।