शेयरसदस्य संस्थाको मालिक र देवता दुवै हुन् भन्ने बिषयलाई हृदयमा राख्दै सदस्यसँग मिलिजुली कालिञ्चोक मासिक कार्यक्रम अन्तर्गत भाद्र महिनाको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा हलको क्षमता अनुसार संस्थाले आमन्त्रण गरेका शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाले यस कार्यक्रमलाई आ.ब. २०८०/०८१ को वर्किङ्ग क्यालेण्डरमा राखेर सञ्चालनमा ल्याएको हो । हाल यो कार्यक्रम मासिक रुपमा गर्ने योजना रहेको छ र यदि शेयर सदस्यहरुको माग आएमा साप्ताहीक रुपमा सञ्चालन गर्न सकिने गरी कार्यक्रम बनाईएको छ । कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष श्री सरुणा बस्नेत (श्रेष्ठ), सचिव श्री ठाकुर प्रसाद पाठको उपस्थित रहेको थियो भने कार्यक्रम सचिवले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संस्था कसरी सञ्चालन भईरहेको छ, संस्थाको बित्तिय अवस्था कस्तो छ, सहकारी संस्था बलियो हुन शेयर सदस्यहरुको सक्रियता कतिको आवश्यक पर्दछ, संस्थाले हाल सम्म के के सफलता प्राप्त गरयो, संस्था डिजिटलाईजेसनको पाटोमा के कार्य गर्दैछ, गुणस्तर सुनिश्चितता कार्यक्रमले संस्था र शेयर सदस्यलाई के के फाईदा दियो, सहकारी सञ्चालन तथा बचत ऋणका सिद्धान्त, मूल्य र मान्यता बमोजिम सहकारी संस्था चलेको छ वा छैन, भाखा नाघेको ऋण र ऋण सुरक्षण कोषको कसरी ब्यवस्थापन गरीएको छ, बास्तविक शेयर लाभांश कसरी गणना गरीन्छ, साधारण सभामा बितरण गरीएको भत्ताको कर लगाएत राज्यलाई तिर्ने करहरु बेलामै नतिर्दा संस्थालाई के घाटा हुन्छ, जगेडा कोष के हो र किन महत्व छ, संरक्षित पूँजि फिर्ता कोष के हो र कसरी बितरण गरीन्छ, भावि नेतृत्वको लागि नेतृत्व बिकास तालीम किन आवश्यक छ, शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने दश सुत्रहरु के के हुन्, अवका दिनमा शेयर सदस्यहरुसँग कार्यक्रमहरु सहित संस्था कसरी जाँदै छ, समय ब्यवस्थापन कसरी गर्ने, जिवनमा हुने तनाव लाई ए बि सि डि मोडल बाट कसरी समाधान गर्न सकिन्छ आदी बिषयमा स्लाईड मार्फत् प्रस्तुतिकरण गरीएको थियो ।
कार्यक्रममा शेयर सदस्यहरुले राख्नु भएको जिज्ञासालाई संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत बाट उत्तर दिने कार्य भयो भने दिनु भएको अमुल्य सुझावलाई आगामि सञ्चालक समितिको बैठकमा बुदागत रुपमा छलफल गरी संस्था र शेयर सदस्य हितका कुराहरुलाई अक्षरस कार्यान्वयनमा लाने संस्थाको योजना रहेको कुरा अध्यक्ष बाट ब्यक्त गर्नुभयो ।