संस्थाले आज आफ्ना एघार वटा सेवाकेन्द्र सञ्चालन उपसमितिलाई सपथग्रहण गराई कार्यविवरण बितरण गर्दै रणनीतिक नेतृत्व अभिबृद्धि तालीम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा, स्थापनाकाल (संस्थापक) अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यता र निवर्तमान अध्यक्ष एवं दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष नारायण बहादुर श्रेष्ठको बिशेष आतित्थ्यतामा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्षले उपसमितिका सदस्यहरुलाई सपथग्रहण गराई कार्यविवरण बितरण गर्नु भएको थियो ।
तालीम कार्यक्रममा निवर्तमान अध्यक्ष एवं दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ र संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले रणनीतिक नेतृत्व अभिबृद्धिको लागि बिबिध बिषयबस्तुमा सहजीकरण गर्नु भएको थियो । तालीम कार्यक्रमको प्रभावकारीताको बारेमा सहभागिहरुको तर्फबाट दिपेन्द्र पाठक र सन्तोषी श्रेष्ठले आफ्नो बिचार राख्ने क्रममा तालीम प्रभावकारी भएको, यसले भोक जगाएको र थप अध्ययनसिल भई सदस्य सेवामा लाग्ने कुरा राख्नु भयो । कार्यक्रममा संस्थाको महिला उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ), सचिव ठाकुर प्रसाद पाठक, सञ्चालक एवं जल्पाश्वरी परोपकार सेवाकेन्द्र संयोजक देवेन्द्र अर्याल, सञ्चालक एवं शिक्षा उपसमिति संयोजक रुद्रजंग बुढाथोकी, सञ्चालक एवं सुनखानी सेवाकेन्द्र सञ्चालन उपसमिति संयोजक बिनिता भण्डारी, सहायक ब्यवस्थापक, बरिष्ठ अधिकृत लगाएत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।