Transaction

- मासिक बचत
- दैनिक बचत
- बाल बचत
- ऐच्छीक बचत
- घरखर्च बचत
- जेष्ठ नागरीक बचत
- स्वास्थ्य उपचार बचत
- नारी पेवा बचत
- आवधिक बचत
- आकस्मिक बचत

- औद्योगिक ऋण
- व्यापार तथा व्यवसाय ऋण
- कृषि व्यवसाय ऋण
- शैक्षिक ऋण
- आय आर्जन नगर्ने सम्पत्ती खरिद ऋण
- सामाजिक ऋण
- बैदेशीक रोजगार ऋण
- आय सृजना ऋण

प्रत्येक महिना समान दरमा गरीने बचत नियमित बचत हो । यसमा मासिक बचत, बाल बचत पर्दछ । साथै दैनिक रुपमा नियमित गरीने दैनिक बचत पनि नियमित बचत हो ।

निश्चित समयावधि तोकेर राखीने बचत आवधिक बचत हो । यस प्रकारको बचतको अधिकतम अवधि तिन बर्षको हुन्छ । यसमा तिन महिना, छ महिना, एक बर्ष, दुई बर्ष र तिन बर्ष अवधि हुन्छ ।

नियमित र आवधिक बाहेक संस्थामा शेयर सदस्य तथा बालवचतकर्ताले गर्ने अन्य बचतहरुनै साधारण बचत हो । संस्थाको बचत कार्यविधि बमोजिम यस्ता बचतका बिशेषताहरु हुन्छन् ।

- संस्थामा शेयर सदस्य बनेको न्यूनतम तिन महिना पुरा भएको,
- एकाघर परिवारमा सम्पूर्ण सदस्यको अनुमति दिन तत्पर,
- पहिला लगेको ऋण नियमानुसार तिरेको,
- बचत नियमित भएको,
- मानसिक असन्तुलन भएको भनि सम्बन्धित निकायबाट प्रमाणीत नभएको,
- फौजदारी अभियोग प्रमाणीत नभएको,
- ऋण माग रकमको न्यूनतम बिस प्रतिशत बचत भएको,
- व्यवसाय गर्न लागेको अवस्थामा न्यूनतम २५ प्रतिशत रकम स्वलगानी गर्ने आधार खुलेको,
- ऋण सदुपयोगिता परिक्षण गराउन तत्पर भएको,
- ऋण लिदा धितो सुरक्षण राखीएको जग्गा कुनै दैविक प्रकोप बाट हानी नोक्सानी भएमा वा सोको मुल्य घटेमा थप धितो राख्न तत्पर भएको,
- ऋण माग गर्दा तोकीएको शिर्षक भन्दा फरक शिर्षकमा प्रयोग गरेमो सम्पूर्ण ऋण तिर्न मन्जुर भएको ।

- बचत जमानीमा ऋण लिनको लागि बचतको ९० प्रतिशत ऋण प्रवाह गरीनेछ,
- स्थिर सम्पत्ति धितो सुरक्षण राख्दा रु. ५ लाखा सम्म संस्थाको ऋण उपसमितिले र रु. ५ लाखा भन्दा बढी ईन्जीनीयरले मुल्यांकन गर्नुपर्नेछ,
- मुल्यांकन गर्दा मालपोतको मुल्यांकन अंकको ३० प्रतिशत र बजार मुल्यांकन अंकको ७० प्रतिशत मुल्यांकन आधार मानीनेछ,
- यसरी आएको मुल्यांकनमा १० प्रतिशत डिस्ट्रेस कट्टा गरीनेछ,
- डिस्ट्रेस कटाई बाँकी मुल्यको ५० प्रतिशतले हुन आउने रकम बराबर ऋण लगानी गरीनेछ ।

 

- चरित्र (Character) : ऋण मागकर्ता शेयर सदस्यको चरित्रको बारेमा बुझिन्छ ।
- क्षमता (Capacity) : शेयर सदस्यको ऋण तिर्न सक्ने क्षमता जाँच गरीन्छ ।
- पूँजीको अवस्था (Condition of Capital) : शेयर सदस्यको पूँजीको अवस्था बुझीन्छ ।
- धितो (Collateral) : शेयर सदस्यले ऋण लिदा राख्न प्रस्ताव गरेको धितोको अवस्था बुझीन्छ ।
- परियोजनाको अवस्था (Condition of Project) : शेयर सदस्यले सञ्चालन गर्न लागेको परियोजना हो भने सो को बारेमा बुझीन्छ ।
- वातावरण परिवर्तन (Climate Change) : वातावरण परिवर्तनको कारण बाट ऋण मागकर्ता शेयर सदस्यको व्यवसायलाई भविश्यका के कस्तो असर पर्नेछ भन्ने बिषयमा बुझीन्छ ।
- भावि सम्भावनाको अवस्था (Condition of Future Probability) :  शेयर सदस्यको वर्तमान अवस्था राम्रो भएपनि भविश्यमा केही कारणबस परिवर्तन आई संस्थाले गरेको ऋण लगानीमा पर्ने असरको बारेमा बुझीन्छ ।

- बचत फिर्ता गर्न आउदा संस्थाले उपलब्ध गराएको पासबुक वा डेबुक लिएर आउनुपर्दछ ।
- यदि ऐच्छीक बचत फिर्ता गर्ने हो भने भुक्तानी आदेश लिएर आएपनि हुन्छ ।
- मासिक बचत फिर्ता गर्न शेयर सदस्य बनेको पाँच बर्ष पुरा भएपछि जम्मा बचतको ७५ प्रतिशत फिर्ता गर्न पाईन्छ र त्यसपछि पुन रकम फिर्ता गर्नुपरेमा तिन बर्षको अन्तरालमा फिर्ता गर्न सकिन्छ ।
- दैनिक बचत गरेको दुई बर्ष पछि ७५ प्रतिशत फिर्ता लिन मिल्ने छ र त्यसपछि पुन फिर्ता लिनु परेमा एक बर्ष छ महिनाको अन्तरालमा फिर्ता गर्न सकिनेछ ।
- बाल बचतकर्ताको उमेर १६ बर्ष पुरा भई शेयर सदस्यमा सारे पछि मात्र बचत फिर्ता गर्न सकिन्छ । बाल बचतकर्ताको रकम पटक पटक फिर्ता लिन पाईनेछैन । यस कार्यको लागि बालबचतकर्ता र संरक्षक पासबुक लिएर संस्थाको             कार्यालयमा आई निवेदन दिएपछि आवश्यक कागजात पुरा गरी सार्न सकिनेछ ।
-  शेयर सदस्यले ऋण लिनु भएको छ भने ऋण रकमको २० प्रतिशत रकम बचत खातामा बाँकी राखी सो भन्दा बढी रकम मात्र फिर्ता गर्न पाईनेछ ।
- बचत जमानी राखी आफैले ऋण निकालेको वा अन्य कसैलाई ऋण निकाल्दा जमानी बसेको भएमा बचत फिर्ता गर्न पाईने छैन ।