Information and Technology

- मोवाईल बैंकिङ्ग,
- क्युआर कोड,
- एटीएम ।

संस्थामा सदस्य बनि के वाइ एम भरे पछि संस्थाले प्रदान गरेको मोवाइल बैकिङ सेवा आवेदन फाराम भरि मिलिजुली कालिञ्चोक मोवार्इल सेवा सर्तवन्देज मान्न तयार भए पछि लिन सकिन्छ ।

यस मिलिजुली कालिञ्चोक साकोस स्मार्ट बैंकिङ एप बाट बैंक फण्ड ट्रान्सफर, ईसेवा वालेट लोड, खल्ती वालेट लोड, , इन्ट्रनल फण्ड ट्रान्सफर क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी रिचार्ज लगायत स्कुल कलेजको फी हवाइ टिकट, बिमा भुक्तानी, ट्राफिक जरिवाना तिर्न इत्यादी सेवा लिन सकिन्छ ।

एन्ड्रोइड मोवाइल हो भने प्ले स्टोर (Play Store) बाट मिलिजुली कालिञ्चोक साकोस स्मार्ट बैंकिङ (Milijuli Kalinchwok SACCOS Smrt Banking) सर्च गरि इन्स्टल गर्नु पर्दछ। आइफोन मोवाइल भएमा एप स्टोर (App Store) बाट इन्फो एमडबली (Info Dabali) इन्स्टल गरि त्यस बाट मिलिजुली कालिञ्चोक साकोस स्मार्ट बैंकिङ (Milijuli Kalinchwok Smart Banking) सर्च गर्नुपर्दछ।

पाँच पटक सम्म गर्दा ब्लक हुदैन त्यस भन्दा बढि हुने बित्तिकै ब्लक हुन्छ ।

स्वयम् सदस्यले ब्लक खुलाइ पाँउ भन्ने निबेदन मुख्य कार्यलय वा सेवाकेन्द्रमा दिनु पर्दछ।

तपशिल बमोजिम बैंकमा रकम स्थानान्तरण गर्न सकिन्छ :
प्रति पटक बढिमा – दुई लाख 
दिनमा बढिमा  – दुई लाख
हप्तामा  बढिमा – चार लाख
महिनामा बढिमा – दश लाख

तपशिल बमोजिम वालेटमा लोड  गर्न सकिन्छ :
प्रति पटक बढिमा – पच्चिस हजार रुपैया
दिनमा बढिमा  – एक लाख रुपैया
हप्तामा  बढिमा – दुई लाख रुपैया
महिनामा बढिमा – पाँच लाख रुपैया

संस्थाको मुख्य कार्यालयको फोन नं. ०४९-४२१३९७ मा फोन गरी सूचना प्रविधि बिभागमा सम्पर्क गर्ने ।

संस्थाको मुख्य कार्यालय तथा नजिकको सेवाकेन्द्रमा तुरून्त सम्पर्क गरी मोवाईल बैंकीङ् सेवालाई ईनएक्टीभ गरी सुरक्षित हुनुपर्दछ ।

संस्थाको मुख्य कार्यालय तथा नजिकको सेवाकेन्द्रमा गइ सर्भिस रिसेटको निवेदन दिनुपर्दछ।

संस्थाको क्यूआरकोड सेवा लिनको लागि आबश्यक कुराहरू तपशिल बमोजिम रहेको छ :
- संस्थाको सदस्य भएको प्रमाण,
- सदस्यको केवाईएम फाराम भरेको
- ऐच्छिक खाता
- क्यूआरकोड को लागि आवेदन फाराम
- सदस्य र पान नम्बर हुने ब्यक्ति स्वयंको दस्ताखत 
- ब्यबसायको छाप
- स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाण पत्रको प्रतिलिपी