मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले ३१ औं स्थापना दिवस बिबिध कार्यक्रम गर्दै मनाउन सुरु गरेको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालीका वडा नं. ४ सिंगटी बजारमा प्रतिक्षालय निर्माण गरी आज उद्घाटन गरेको हो । प्रतिक्षालय उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा बिगु गाउँपालीका वडा नं. ४ का वडाअध्यक्ष रामचन्द्र खड्काको प्रमुख आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रममा उद्योग बाणिज्य संघको तर्फ बाट उमेश श्रेष्ठ, नेपाल बैंक लि.बाट अनिल श्रेष्ठ, प्रभु बैंक लि. बाट रन्जीत बुढाथोकी, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि. बाट रोसन कुमार श्रेष्ठ, जनसचेतन साकोस लि. बाट युवराज बस्नेत, च्छ्योरोल्पा साकोस लि.बाट बिष्णु अर्याल, नमुना पर्यटन साकोस लि. बाट मुना बुढाथोकी, सिंगटी बजार ब्यवस्थापन समितिको तर्फबाट अध्यक्ष भानु खत्री, समाजसेवी दिलकृष्ण मल्ल ठकुरी लगाएत अतिथिहरु र शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितलाई संस्थाको सञ्चालक समिति सदस्य एवं गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र सिंगटीका ब्यवस्थापन उपसमिति संयोजक शुरेसचन्द्र खड्काले स्वागत गर्नुभएको थियो भने सेवाकेन्द्र प्रमुख चरित्र कुमार थापाले उद्घोषण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमख अतिथि खड्काले मिलिजुली कालिञ्चोक साकोस लि. ले बिगत देखीनै सामाजिक कार्य अन्तर्गत अतिनै सराहनिय कार्य गर्दै आएको, हाल पनि गरीरहेको र भावि दिनमा समेत यस्ता कार्य गर्दै सफलता चुम्दै जावस् भनी शुभकामना ब्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रम समापनको अवसरमा संस्थाका अध्यक्ष श्रेष्ठले नवनिर्मित प्रतिक्षालयको संरक्षण गर्ने जिम्मा सिंगटी बजार बासीको समेत भएको अनुरोध गर्नुभयो । संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरु समेत गर्दै संस्थामा आवद्ध शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई प्रविधि र मुस्कान सहितको सदस्य सेवा दिएर संस्थाको यस आ.ब. को नारा बिधि सहित खुसि सदस्यलाई साकार पार्ने कुरा बताउनुभयो ।