संस्थाले २०७४ साल असार महिनामा तयार पारेको चार बर्षिय रणनीतिक योजना (आ.ब. २०७५/०७६ देखी आ.ब. २०७८/०७९) लाई आज पुनरावलोकन गरेको छ । यस पुनरावलोकन कार्यक्रम संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता, संस्थाका संस्थापक अध्यक्ष श्री रामदास श्रेष्ठको प्रमुख आतित्थ्यता सञ्चालन भएको थियो । कार्यक्रमलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का सदस्य सेवा बिभाग प्रमुख श्री दुर्गा प्रसाद ढकालले जुमको माध्याम बाट सहजिकरण गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री ठाकुर प्रसाद पाठकले गर्नु भएको थियो । संस्था चारवर्षिय योजनाको दास्रो बर्षमा सञ्चालन भईरहको र यस आ.ब. को अन्त्यमा पुग्नु पर्ने लक्ष्यहरु कुन कुन शिर्षकमा कति कति थियो र पु¥याउन बाँकी कति छ भन्ने बिषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री ईश्वर न्यौपानेले स्लाईड मार्फत् प्रस्तुति गर्नु भएको थियो । योजना अनुरुप अधिकांस सुचकांकहरु पुरा भएको हुनाले योजनालाई निरन्तरता दिने निर्णय भयो । साथै पुरा गर्न बाँकी केही सुचकांकहरुको लागि पुरा गर्ने योजना निर्माण गरी कार्यान्वयनमा लानको लागि संस्थाको जोखिम ब्यवस्थापन कार्यदललाई जिम्मेवारी दिने निर्णय भयो । उक्त कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संरक्षक, सल्लाहकार संयोजक, ऋण उपसमिति र अधिकृत स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम कोरोना भाईरस महामारी बाट बच्नको लागि आवश्यक भौतिक दुरी कायम गरी सञ्चालन गरीएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्यहरु श्री राजेश उप्रेती, श्री रमेश चौलागाई र श्री पुष्कर कुमार श्रेष्ठ जुमको माध्याम बाट सहभागि हुनुभएको थियो ।