अन्तरक्रिया, निर्णय समिक्षा र योजना समायोजन तालीम सम्पन्न

मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संरक्षक, सल्लाहकार र उच्च ब्यवस्थापन सहभागि भई संस्थाको अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा आज सहकारी संस्थामा सुशासनको तह मापन गर्ने कार्यक्रम कुलेग, संस्थाले बर्तमान अवस्थामा प्रयोग गरेको प्रविधिको अवस्था तथा भावि आवश्यकतामा पेपरलेस कार्यालय तथा क्यासलेस कारोवार र सहकारी बिभाग द्धारा जारी गरीएको सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७४ अनुसार संस्थाले निर्माण गरेको सम्पत्ति शुद्धिकरण निवारण नीति २०७४ माथि प्रस्तुतिकरण सहित छलफल गरी भावि मार्ग निर्माण गर्ने कार्य सम्पन्न गरेको छ । संस्थाको सञ्चालक समितिले आ.ब. २०७६/०७७ भरी गरेको निर्णयहरुको समिक्षा गर्ने कार्य सम्पन्न गरेको छ । यसै गरी संस्थाको रणनीतिक योजना तथा ब्यवसाय निरन्तरताको योजना बिचको समायोजन र आकस्मिक कोष बचत योजना तथा प्रविधि प्रयोगमा संस्थाको मानव संशाधनको भुमिका बिषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का सदस्य सेवा बिभाग प्रमुख श्री दुर्गा प्रसाद ढकाल द्धारा जुमको माध्याम बाट गरीएको सहजिकरणमा तालीम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आगामी दिनमा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गर्ने सेवा सुविधामा प्रविधिलाई प्राथमिकता दिने, सेवा सुविधामा प्रभावकारीता बृद्धि गर्ने, आकस्मिक कोष बचत योजनामा सबै शेयर सदस्यहरुलाई शिक्षा प्रवाह गरी सहभागि गराउने, संस्थामा प्रभावकारी सुशासन कायम गराउन कुलेगको प्रभावकारी कार्यान्वयन गर्ने, एएमएल लाई अक्षरस कार्यान्वयन गर्ने, शेयर सदस्यहरुलाई मुस्कान सहित सेवा प्रवाह गर्ने जस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।